काठमाडौं- काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा जित हात पारेका नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई बधाई लिन भ्याइनभ्याई भएको छ। विजयी सिंहलाई निर्वाचन आयोगका कर्मचारीले प्रमाणपत्र दिएका छन्।
मध्यरातपछि जितको छिनोफानो हुँदा मतगणना स्थल भृकुटीमण्डप राष्ट्रिय सभागृहमा कांग्रेस कार्यकर्ता र शुभेच्छुकमाझ घेरिएका उनले प्रत्यक्ष तथा फोनमार्फत बधाई थापिरहेका छन्।

यसै क्रममा सिंहलाई उनका निकटतम प्रतिस्पर्धी रवीन्द्र मिश्रले पनि फोन गरेर बधाई दिएका छन्। जवाफमा मिश्रलाई सिंहले राजनीतिक भविष्यका लागि शुभकामना दिए। उनले मिश्रलाई भने, 'तपाईं राजनीतिमा स्थापित हुन सक्नुहोस्। शुभकामना!'
कांग्रेस उम्मेदवार सिंहले १० हजार नौ सय ३७ मतले जित हात पार्दै मिश्रलाई आठ सय १८ मतको अन्तरले हराएका हुन्।








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।