प्रतिकात्मक तस्बिर।
लमही- दाङमा ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले सात ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित लमही नगरपालिका–५ निवासी ३० वर्षीय चुर्णसिंह ठकुरीलाई प्रक्राउ गरेको हो।
नेपालगञ्जबाट ब्राउन सुगर लिएर आउँदै गरेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा वडा प्रहरी कार्यालय लमहीको टोलीले सोमबार राति अर्जुनखोला नजिकबाट उनलाई पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहका अनुसार लमही क्षेत्रमा ब्राउन सुगर प्रयोगकर्ता बढ्न थालेको घटनामा प्रहरीले अनुसन्धान गर्दै जाँदा कारोबारीलाई पक्राउ गर्न सफल भएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।