काठमाडौं- नेपाली कांग्रेसले काठमाडौंमा जितको खाता खोलेको छ। काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले १० हजार नौ सय ३७ मतसहित जित हात पारेका छन्। जितको औपचारिक घोषणा हुन भने बाँकी छ।
नेता सिंहले विवेकशील साझाका उम्मेदवार रवीन्द्र मिश्रलाई आठ सय १८ मतको अन्तरले हराएका हुन्।
प्रकाशमान सिंह (कांग्रेस) : १०९३६
रवीन्द्र मिश्र (विवेकशील साझा) : १०११८
अनिल शर्मा (माओवादी केन्द्र) : ५३३६
उपेन्द्रराज शर्मा काफ्ले (नेकपा माले) : ३१५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।