गाेरखा- गोरखामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ। प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार गोरखामा ५० प्रतिशत मतगणना भएकाे छ। मिडिया सेन्टरमा पत्रकारहरूसँग कुरागर्दै बस्नेतले गाेरखामा ५० प्रतिशत मतगणना भएकाे बताए। गाेरखामा नयाँ मुख्य निर्वाचन अधिकृतका रूपमा नवलपरासीका न्यायाधीश रितेन्द्र थापा आएका छन्। उनले शुक्रबार बिहान ९ बजेबाट कार्यभार सम्हालेका हुन्। यसअघिका मख्य निर्वाचन अधिकृत वसन्तराज पौडेललाई मातृशोक परेपछि थापालाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको हो।
गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका डा बाबुराम भट्टराईको अग्रता कायमै छ। पछिल्लो मत गणना अनुसार ३० हजार ५ सय ४० मत गणना हुँदा डा भट्टराईले १५ हजार ६ सय २१ मत ल्याएका छन् भने माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले १३ हजार १ सय ५५ मत ल्याएका छन्। डा भट्टराईले वाम गठबन्धनका श्रेष्ठभन्दा २४ सय ६६ मतले अगाडि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।