बाग्लुङ- बाग्लुङ क्षेत्र नम्बर २ प्रदेशसभा (ख) मा वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार टेकबहादुर घर्ती विजयी भएका छन्।
घर्ती ११ हजार ८ सय ८४ मतसहित जित हासिल गरेका हुन्। उनले प्रतिस्पर्धी उम्मेदवार कांग्रेसका जितबहादुर शेरचनलाई ३ हजार २ सय ६० मतको अन्तरले पराजित गरे। शेरचनले ८ हजार ६ सय २४ मत प्राप्त गरेका छन्।
बाग्लुङका अन्य क्षेत्रमा जारी मतगणनामा वाम गठबन्धनले अग्रता लिइरहेको निर्वाचन कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।