नयाँ दिल्ली- भारतीय लाेकसभा निर्वाचनअन्तर्गत आइतबार सम्पन्न सातौं तथा अन्तिम चरणको निर्वाचनमा ६३.९८ प्रतिशतले मतदान गरेका निर्वाचन आयोगले राति ९ः३० मा आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ।
आइतबार चन्डिगढसहित र ७ राज्यका ५९ सिटका लागि मतदान भएकाे थियो।
एक महिनाभन्दा बढी समय अवधि लगाएर सम्पन्न निर्वाचनमा करिब ९० करोड भारतीय मतदाता मतदानका लागि योग्य रहेका थिए। निर्वाचनका लागि दश लाख मतदान केन्द्र तोकिएको थियो। मत परिणाम मे २३ बाट सार्वजनिक गर्ने तालिका निर्वाचन आयोगको रहेको छ।
यस चुनावमा मोदीको दल भारतीय जनता पार्टीले नेतृत्व गरेको नेसनल डेमोक्र्याटिक एलाइन्स (एनडिए) र राहुल गान्धीको दल भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ एलाइन्स (युपिए)बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको विभिन्न सर्वेक्षणले देखाएका छन्। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।