• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

चेक बाउन्स-३ : ८५ लाख ऋण दिएर २ करोड असुल्ने सहकारीको दाउ

दुबै पक्ष पीडित बन्दै प्रहरीमा, आखिर वास्तविकता के?
64x64
नारायण अधिकारी आइतबार, जेठ ५, २०७६  १९:५७
1140x725

काठमाडौं- पर्साको विश्रामपुर गाउँपालिकाका सनोज यादव (नाम परिवर्तन) काठमाडौं बस्दै आएका छन्। ४४ वर्षीय यादवको पेशा व्यापार हो। उनले २०६८ सालदेखि काठमाडौं-२४ मा साडी पसल सञ्चालन गर्दै आएका छन्। 

एक वर्षअघि यादवको पसलमा पुगे सविना वाग्ले र खड्गबहादुर देवकोटा। २९ वर्षीया वाग्ले र ३३ वर्षीय देवकोटा पतिपत्नी हुन्।

देवकोटा दम्पति उनीहरुले काठमाडौं महानगरपालिका-२४ मा आधारभूत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालन गरेका छन्। वाग्ले म्यानेजर हुन् भने देवकोटा प्रबन्ध निर्देशक।

एक वर्षअघि यादवले सञ्चालन गरेको साडी पसलमा पुगेका उनीहरुले भनेको कुरा यादव सुनाउँछन्, ‘तपाईँले सञ्चालन गरेको साडी पसलमा ऋण चाहिन्छ होला। ऋण चाहिए हाम्रो सहकारीमा आएर लिनुस्। चाहिएको रकम झन्झट बिना तपाईंलाई उपलब्ध गराउँछौं।’

‘ऋण लिन मसँग धितो छैन। म लिन्न,’ भन्ने जवाफ त्यसबेला फर्काएको यादव बताएछन्। 

तर उनीहरूले 'तपाईं ऋण लिन्छु भन्नुस्। हामी सबै मिलाउँछौ,' भन्ने वचन दिएको उनको भनाइ छ। व्यापार गर्ने यादवलाई कुनै सुरक्षण बिनै वाग्ले र देवकोटा दम्पत्तिले ऋण दिए।

विश्वासका लागि कुनै बैंकको चेक मात्र भएपनि हुने उनीहरुले बताए। त्यसपछि यादवले प्राइम कर्मर्सियल बैंक बानेश्वर शाखाको चेक दिए। चेक नम्बर ००३८५१९७७ र ००३८५१९८३ नम्बरका २ थान खाली चेकमा हस्ताक्षर गरेर यादवले २०७५ असार ३० गते देवकोटा दम्पतिको सहकारीमा बुझाए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि उक्त सहकारीबाट यादवले ३५ लाख रुपैयाँ ऋण लिए। एक महिनाभित्र सो रकम तिरिसक्नु पर्ने आपसी सहमति भयो। सहमतिअनुसार नै ऋण लिएको ४ दिनपछि यादवले उक्त रकम बराबरको बजरंग ट्रेर्डसको नाममा खोलिएको एनएमबी बैंक लिमिटेडको खाताको  चेक (चेक नम्बर ५१००६८५४३४९) सहकारीका नाममा काटिदिए।

त्यसपछि साउन २८ गते यादवले पुनः ५ लाख रुपैयाँ सोही सहकारीबाट ऋण लिए। 

विश्वासका लागि भन्दै सहकारीले पुनः खाली चेक माग्यो। हस्ताक्षर मात्रै भएको चेक दिएर यादवले ५ लाख लिएका थिए। त्यसपछि फेरि २०७५ भदौ १४ गते ३० लाख उक्त सहकारीबाट ऋण लिएका यादवले महानगरीय प्रहरी परिसर काठमाडौंमा दिएको उजुरीमा उल्लेख छ। उक्त ३० लाखका लागि सहकारीले विश्वासका लागि चेक मागेपछि यादवले खाली चेकमा हस्ताक्षर गरेर सहकारीलाई दिएका थिए।

२०७५ भदौ २१ गते २० लाख रुपैयाँ बराबरको आधारभूत मल्टीप्रपोज को-अपरेटिभको खाताको चेक यादवलाई उपलब्ध भएको थियो। 

Xtrem

Xtrem

उक्त रकम यादवले एनएमी बैंकको बजरंग ट्रेर्डसको नाममा रहेको खातामा जम्मा गरे। असोज १५ गते यादवले एनआइसी एसियाको चेक नम्बर २००६५८८३ मार्फत् २० लाख सहकारीलाई तिरेको बताएका छन्। 

यसरी उक्त सहकारीबाट ऋण लिँदा वाग्ले र देवकोटा दम्पतिले पटकपटक विश्वासका लागि भन्दै खाली चेकमा हस्ताक्षर गराएर रकम लिने गरेको यादवले दिएको जाहेरीमा उल्लेख छ।

प्रत्येक पटक ऋण लिँदा पहिलेको लिएको ऋण चुक्ता गर्दै अर्को ऋण लिने गरेको यादवको भनाइ छ।

उनले पटकपटक गरेर उक्त सहकारीबाट ८५ लाख रुपैयाँ ऋण लिइसकेका बताएका छन्। यसरी लिएको ऋणमध्ये ५५ लाख बैंकमार्फत् नै भुक्तानी गरेको उनको दाबी छ।

तर उनले बाँकी रकम तिर्न सकेनन्। त्यसपछि बाँकी रकम र ब्याज एकमुष्ठ तिर्न नसकेको भन्दै म्यानेजर सबिना वाग्ले र यादवबीच गत असोज १६ गते एक सहमति भयो। 

सहमतिमा तिर्न बाँकी ३० लाख, सहकारीको शेयर सदस्यसमेत बन्नुपर्ने भएकाले त्यसबापतको ३ लाख, ब्याज २० प्रतिशतका दरले ४ लाख गरी कूल ३७ लाख रुपैयाँ चैत १५ गतेसम्म दैनिक २० हजारका दरले तिरिसक्नु पर्ने उल्लेख भयो। यसमा दुबै पक्ष सहमत भए।

यादवले कर्जा पासबुक पनि सोही बमोजिमको लिए। उनले दैनिक २० हजारका दरले कात्तिक १२ गतेसम्म रकम तिरेका छन्। यसरी उनले ५७ लाख ९५ हजार रुपैयाँ उक्त सहकारीलाई तिरेका छन्।

तर एकाएक घटनाले नयाँ मोड लिन्छ। यादवलाई महानगरीय प्रहरी परिसर काठमाडौंले कात्तिक १४ गते पक्राउ गर्छ। उनीविरुद्ध वाग्लेले 'चेक बाउन्स' गरेको भन्दै प्रहरीको उजुरी दिएकी थिइन्। 

यादवले हस्ताक्षर गरेर दिएको खाली चेकमा रकम भर्दै बाउन्स गराएर वाग्लेले यादव विरुद्ध उजुरी दिएकी थिइन्। 

उनकै उजुरीको आधारमा यादव पक्राउ परेका थिए। २०/२२ दिन प्रहरी हिरासत बसेपछि यादव २५ लाख धरौटीमा रिहा भए।

त्यसपछि भने यादवले सहकारीको किस्ता बापतको दैनिक २० हजारका दरले तिर्नुपर्ने रकम भने तिर्न छाडे। यादवका छोरा दीपेन्द्रले पनि सोही सहकारीमा रकम जम्मा गर्न थालेका थिए। दीपेन्द्रको ३ लाख ३२ हजार रुपैयाँ जम्मा भइसकेको पासबुक समेत हिसाब मिलान गर्नुछ भन्दै सबिनाले लगिन्। तर अहिलेसम्म फिर्ता नगरेको दीपेन्द्रको भनाइ छ।

यसरी शंकास्पद गतिविधि गरेपछि यादवले हस्ताक्षर गरेर दिएका २१-२२ वटा खाली चेक फिर्ता गर्न वाग्लेसमक्ष आग्रह गरे। चेक फिर्ता गर्नुको सट्टा उनीहरुले यादवका छोरा दीपेन्द्र र श्रीमतीलाई डरधम्की दिई विभिन्न तमसुकमा हस्ताक्षर गर्न लगाएको भन्दै यादवले बैशाख १७ गते प्रहरीमा जाहेरी दिएका छन्।

यादवले अहिले उक्त सहकारीलाई २५ लाख रुपैयाँ आफूले तिर्न बाँकी रहेको बताएका छन्। तर उक्त सहकारीले एक करोड ३५ लाख रुपैयाँ तिर्न बाँकी भएको भन्दै यादवविरुद्ध जोहरी दिएको छ। 

यादव पीडित भएको बुझिएपछि उक्त सहकारीको तर्फबाट दिइएको चेक बाउन्सको उजुरी प्रहरीले लिन मानेन। त्यसपछि ३५ लाखको चेक बाउन्स भन्दै सहकारीको तर्फबाट वाग्ले र देवकोटा दम्पत्तिले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन्।

यता विभिन्न मितिमा रकम लगेको र ठगी गरेको भन्दै देवकोटा दम्पतिले यादवविरुद्ध एक करोड बिगो दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा पुनः अर्को मुद्दा दायर गरेका छन्। आफूले तिर्नुपर्ने जम्मा २५ लाख भएपनि सहकारीले षड्यन्त्रपूर्वक ढंगले फसाउने योजना बनाएर १ करोड ३५ लाख माग गर्दै मुद्दा दायर गरेको यादवको भनाइ छ।

यादव पनि आफू पीडित भएको भन्दै प्रहरीकै मा पुगेका छन्। प्रहरीले भने सहकारीकी म्यानेजर वाग्लेले ल्याएको चेक बाउन्स रकमको स्रोत खोलेर ल्याए मात्रै जाहेरी दर्ता गर्ने जवाफ फर्काएपछि उनी उच्च अदालत पाटन पुगेकी छिन्। 

यादवले वाग्ले र देवकोटा विरुद्ध मुलुकी (अपराध संहिता) ऐन २०७४ को भाग २ को परिच्छेद २१ को दफा २४९ को उपदफा (१) र (२) बमोजिम ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा महानगरीय प्रहरी परिसर काठमाडौंमा बैशाख १७ गते उजुरी दायर गरेका छन्। उता सहकारीका तर्फबाट जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनमा यादवविरुद्ध १ करोड ३५ लाख माग दाबी गर्दै मुद्दा दायर भएको छ।

यसबारे सहकारीका म्यानेजर वाग्लेसँग सम्पर्क गर्दा उनले यो संस्थागत कुरा भएको भन्दै पन्छिन खोजिन्। ‘यो संस्थागत लेनदेन हो। लोन लिएको पैसा नतिर्ने बाहना मात्र हो,’ मेनेजर वाग्लेले भनिन्, ‘यस विषयमा मुद्दा चलिरहेका कारण अहिले केही भन्न मिल्दैन।’

सोही सहकारीबाट अन्य व्यक्तिहरु पनि पीडित भएको भन्दै उजुरी आएको प्रहरीले बताएको छ।

यो पनि:

चेक बाउन्स-१ : प्रहरी कार्यालयमा उजुरीका चाङ, अभियुक्तले भरिभराउ हिरासत

चेक बाउन्स-२ : ३५ लाखको चेक बैंकमै फालेर फरार, २ करोडको चेक प्रहरीलाई

प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १९:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्