मनिला– फिलिपिन्सको क्युजोन नगरमा दुई वटा रेल ठोक्किएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा २९ जना यात्रु घाइते भएका छन्।
प्रहरीका अनुसार लाइट रेल ट्रान्जिट लाइन २ रेल अर्को रोकिराखेको रेलसँग जुधेको थियो।
घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएको र घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको रेलसेवाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।