काठमाडौं- विश्वकै सबैभन्दा शीर्ष फिल्मी मेलाका रुपमा परिचित कान्स फिल्म महोत्सवमा पहिलो पटक नेपाली कलाकारको औपचारिक सहभागिता हुने भएको छ। अभिनेत्री प्रियंका कार्की ‘कान्स फिल्म फेस्टिभल २०१९’ को रेड कार्पेट समारोहमा सहभागी हुने खबर सतहमा आएको छ।

फ्रान्सको पेरिसमा आयोजना हुने कान्स फेस्टिभलमा सहभागी हुने समाचार अभिनेत्री प्रिय्रका आफैले सार्वजनिक गरेकी हुन्। उनले आफ्नो फेसबुकमार्फत् भनेकी छिन्, ‘नेपालको प्रतिनिधित्व गरेर कान्स फिल्म फेस्टिभलमा सहभागी हुन पाउनु एकदमै गौरवको कुरा हो। मैले धेरै पहिलेदेखि यो सपना देख्दै आएकी थिएँ।’
पहिलो नेपाली कलाकारका रुपमा पेरिस जाँदै गरेकी अभिनेत्री प्रियंकाले भनेकी छिन्, ‘कान्समा हिँडेका सेलेब्रेटीहरू देख्दा मलाई सधैं ’म पनि एक दिन यहाँसम्म पुग्नेछु’ भन्ने लाग्थ्यो। यो दिन आइपुग्यो।’
उनले दिएको जानाकारी अनुसार फिल्मको सो महाकुम्भमा उनी मे २० देखि २४ सम्म चार वटा कार्यक्रममा सहभागी हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।