नयाँ दिल्ली– बलिउड सुपरस्टार अजय देवगनको फिल्म 'दे दे प्यार दे' ले रिलिजको दोस्रो दिन 'बक्स अफिस'मा राम्रो कमाइ गरेको छ।
फिल्मले पहिलो दिन करिब १० करोड रुपैयाँ उठाएको थियो।
दोस्रो दिन ११ करोडभन्दा माथि कमाइ गरेको बक्स अफिस इण्डियाले जानकारी दिएको छ।
हिजो र आज गरी 'दे दे प्यार दे' ले २१ करोडभन्दा माथिको कारोबार गरेको छ।
अजयको फिल्म भारतको ३ हजार १ सय पर्दामा रिलिज भएको छ भने विश्वभर ३७ सय ५० भन्दा धेरै पर्दामा रिलिज भएको छ।
यस फिल्ममा अजय देवगन, तब्बू र रकुल प्रित सिंहले अत्यधिक चर्चा बटुलिरहेका छन्।
यी तीन जनाकै भूमिका फिल्ममा महत्वपूर्ण छ। दर्शकले पनि फिल्मलाई निकै रुचाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।