सिड्नी, अस्ट्रेलिया- शनिबारको अनपेक्षित निर्वाचन परिणामसँगै अष्ट्रेलियाको लेबर पार्टीका नेता बिल शर्टेनले पराजयको जिम्मेवारी लिँदै पार्टी नेतृत्वबाट राजिनामा दिने निर्णय लिएको बताएका छन्।
'निर्वाचन परिणामलाई हेर्दा यो पक्का भैसकेको छ कि अब लेबर पार्टीले नयाँ सरकार बनाउन सक्ने सम्भावना छैन,' शर्टेनले आफ्ना समर्थकलाई विश्वास गर्न कठिन निर्णय सार्वजनिक गरे।
उनले थपे, 'राष्ट्रिय हितका लागि केही समय अगाडि मैले लिबरल पार्टीका नेता तथा प्रधानमन्त्री स्कट मोरिसनलाई फोन गरी बधाई दिइसकेँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।