जनकपुर- सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गरेका छन्।
स्वतन्त्र पत्रकारितमाथि अंकुश लगाउने गरी प्रदेश सरकारले ल्याएको सञ्चार विधेयकको विरोध गर्दै उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गरेका हुन्।
जनकपुर उद्योग वाणिज्य संघबाट नारा जुलससहित निस्केको जनमत पार्टीको र्याली मुख्यमन्त्री कार्यालय नजिक पुगेर केही बेर सञ्चार विधेयक र प्रदेश सरकारको विरोधमा नाराबाजी गरेको थियो।
प्रदेश सरकारले आफूले गर्ने भ्रष्टाचार लुकाउन सञ्चारकर्मीमाथि अंकुश लगाउन १ करोडसम्म जरिवाना हुनेगरी विधेयक ल्याएको उनीहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।