कैलाली- कैलालीको जानकी गाउँपालिकामा शनिबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ। अर्का एक जना गम्भिर घाइते भएका छन्।
गाउँपालिकाको बेलापुरमा से २ प ४२४६ नम्बरको मोटरसाईकलमा सवार बेलापुरकै ३२ वर्षीय रामनारायण चौधरीको मुत्यु भएको छ।
मोटरसाईकल चालक २३ वर्षीय कृष्ण बम गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।
घाइते बमको टिकापुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहोलपुर रेफर गरिएको छ।
घाइते बमको टाउँकोमा चोट लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।