जनकपुर- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पिछडिएको मेस्तर समुदायहरुको पेसागत समस्या कानुन बनाएरै समाधान गरिने बताएका छन्।
नेपाल राउत मेहतर उत्थान समाजको ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री राउतले मेस्तर समुदायको पेशागत, स्वास्थ्य तथा शिक्षा सम्बन्धी समस्या प्रति प्रदेश सरकार गम्भीर रहेको र कानुन बनाएर ती सबै समस्याहरुको समाधान गरिने बताए।
उनले प्रदेशसभामा विचाराधीन दलित सशक्तिकरण ऐनले समेत यस्ता समस्याको समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे।
समाजको केन्द्रीय समितिले पेसागत समस्या, भेदभाव र श्रमशोषणको अन्त, निःशुल्क स्वास्थ्य उपचार तथा शिक्षाको ग्यारेन्टी सहितका माग राख्दै आज ज्ञापनपत्र बुझाएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।