बैतडी- बैतडीमा एक जना मृत फेला परेका छन्।
जिल्लाको पाटन नगरपालिका वडा नम्बर १० को हतासमा सोही ठाउँका ७५ वर्षीय प्रमानन्द भट्ट मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिए। उनका अनुसार जेठ २ गते खोड्पे बजार जान्छु भन्दै घरबाट हिँडेका उनलाई स्थानीयले शनिबार मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका हुन्।
प्रहरीको टोलीले उनको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।