धनगढी- कैलालीमा महिलालाई हतियार देखाएर जबरजस्ती करणी गर्न खोज्ने एक युवा पक्राउ परेका छन्। कैलाली प्रहरीले कैलारी गाउँपालिका वडा नम्बर ८ लोहरपुर बस्ने २४ वर्षीय मनिष चौधरीलाई शुक्रबार राति पक्राउ गरेको हो।
चौधरीलाई प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरा शिविरबाट पक्राउ गरेको जनाएको छ।
उनले फागुन १८ गते दिउँसो कैलारी गाउँपालिका ६ मसुरिया र कनरीबीचमा रहेको भरताल जंगलमा धारिलो हतियार चक्कु देखाई महिलामाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको कैलाली प्रहरीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले बताए। उनका अनुसार चौधरीले पीडित महिलालाई जंगलभित्र लगी पीडितको सम्पूर्ण कपडा खोल्न लगाई ब्राले हात र आफूले लगाएको बेल्टले घाँटी बाँधी जबरजस्ती करणी प्रयास गरेका थिए।
पीडित महिलाले पैसाको प्रलोभन देखाएपछि चौधरी साइकल, मोबाइल र पैसा लिन गएको अवस्थामा पीडित त्यतबेलै भाग्न सफल भएकी थिइन्।
प्रहरीले चौधरीलाई पक्राउ गर्दा लुटी लगेको मोबाइल बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।