लुम्बिनी- २५६३औं बुद्धपूर्णिमा मनाउन रुपन्देहीको लुम्बिनी आएका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहानैदेखि कार्यक्रममा व्यस्त छन्।
प्रधानमन्त्री ओलीले बिहान नयाँ लुम्बिनीग्राममा वृक्षरोपणको शुभारम्भ गरे। यही वर्ष २ हजार ६ सय ४३ वटा बिरुवा रोपिने लक्ष्य राखिएको सो स्थानको कार्यक्रम नसक्दै प्रधानमन्त्री ओली शान्ति र्यालीमा सहभागी हुन पुगे।
वृक्षरोपण शुभारम्भ गरी प्रधानमन्त्री ओली मायादेवी मन्दिर परिसरबाट शान्तिदीपसम्म शान्ति र्यालीमा सहभागी भएका थिए। शान्तिदीपमा प्रधानमन्त्री ओलीले ओलम्पियन बैकुण्ठ मानन्धरलाई शान्तिदीप हस्तान्तरण गरेका थिए।
त्यसपछि प्रधानमन्त्री ओलीले थाई विहारमा भिक्षुभिक्षुणीहरुलाई संघ दान गरे। उनले सो अवसरमा थाई विहारको अवलोकन गर्दै बुद्धपूजा पनि गरेका थिए।
सो विहारमा प्रधानमन्त्रीले १ सय ५० जना भिक्षुभिक्षुणीहरुलाई चिवर दान, अष्ट परिकार दान गरेका थिए।
बुद्धको महापरिनिर्वाणपछि मनाउन थालिएको बुद्धपूर्णिमा २५ सय ६३औं वर्ष पुगेको र बुद्धको जन्म त्यसभन्दा ८० वर्ष अघि भएकोले बुद्ध जन्मिएको २६ सय ४३ वर्ष पुगेको अवसरमा त्यति नै संख्यामा बिरुवा रोप्ने कार्यक्रम तय भएको हो।
ओली शनिबार साँझ राजधानी फर्कने कार्यक्रम तय भएको छ।
.JPG)
.jpg)
.jpg)
.jpg)
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।