काठमाडौं- भारतको सहयोगमा उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकास्थित श्री नारद आदर्श शिक्षा क्याम्पसको भवन निर्माण सम्पन्न भएको छ। सांसद् तथा पूर्व सहरी विकासमन्त्री डा. नारायण खड्काले शनिबार सो भवनको उद्घाटन हुन्।
भारत सरकार ३ करोड २ लाख रुपैयाँ अनुदान सहयोगमा निर्मित दुई तल्ले क्याम्पस भवनमा १२ कक्षाकोठा, पुस्तकालय, सभाकक्ष, छात्रछात्राका लागि छुट्टा–छुट्टै शौचालय र फर्निचरको व्यवस्था छ।
नवनिर्मित संरचनाले विद्यार्थीको सिकाई वातावरणलाई अभिवृद्घि गर्ने मात्र नभइ छिमेकी जिल्लाका समेत ग्रामीण भेगका विद्यार्थीको शिक्षामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।
समारोहमा भारतीय राजदूतावासका नियोग उप-प्रमुख डा. अजय कुमार विशेष अतिथिका रुपमा सहभागी थिए।
सन् १९७१ मा माध्यमिक विद्यालयको रुपमा स्थापना भएको श्री नारद आदर्श शिक्षा क्याम्पस सन् २००३ मा क्याम्पसको रुपमा स्तरोन्नति गरिएको थियो।
त्रिभुवन विश्वविद्यालयसँग सम्बद्घ यस क्याम्पसमा १३५ विद्यार्थी अध्ययनरत छन् जसमध्ये ७० प्रतिशत छात्रा रहेका छन्।
क्याम्पसले शिक्षा संकायको चार वर्षे बिएड कार्यक्रम संचालन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।