सिरहा- सिरहाको गोलबजार नगरपालिका-१० धर्मपुर गौरीटोलमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको ज्यान गएको छ।
स्थानीय ७० वर्षीया बुद्धमाया मगरको शुक्रबार राति हात्तीले किचेपछि ज्यान गएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।
छिमेकीको घरबाट टीभी हेरी घर फर्किने क्रममा हात्तीले आक्रमण गरेको थियो।
वृद्धा मगरको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
विगतमा पनि सो गाउँ र धर्मपुर गौरी टोलमा जंगली हात्तीले पटक पटक मानवीय र आर्थिक क्षति पुर्याउँदै आएको स्थानीयहरुले दुखेसो पोखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।