डब्लिन- बंगलादेशले त्रिकोणीय एकदिवसीय सिरिज जितेको छ। आयरल्यान्ड, वेस्ट इन्डिज र बंगालदेश सम्मिलित सिरिजको फाइनलमा वेस्ट इन्डिज र बंगलादेशबीच भिडन्त भएको थियो। फाइनलमा बंगलादेशले वेस्ट इन्डिजमा माथि ५ विकेटको जित निकाल्यो।
वर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजले १ विकेटको क्षतिमा १ सय ५२ रन बनाउदा खेल अवरुद्ध भयो। वेस्ट इन्डिजका लागि साइ होपले ७४ रन र एम्ब्रिसले नटआउट ६९ रन जोड्यो। वर्षाले खेल प्रभावित बनेपछि बंगलादेशलाई २४ ओभरमा २ सय १० रनको लक्ष्य दिइयो।
बंगलादेशले २२.५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पार गर्यो। उसका लागि मोसाडक हुसेनले नटआउट ५२ रन र सौम्य सरकारले ६६ रनको योगदान दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।