भैरहवा- सुजाताले दिएको खिरकै कारण सिद्धार्थको शरीरमा ऊर्जा सञ्चार भएको र बुद्धत्व प्राप्त गरेको सम्झना तथा प्रवर्द्धनमा लुम्बिनीमा 'सुजाता खिर उत्सव' सुरु भएको छ।
उत्सवमा आउनेजति सबैलाई खिर खुवाउने व्यवस्था प्रदेश ५ सरकारले गरेको छ। 'लुम्बिनी भ्रमण वर्ष-२०७६' को अवसरमा शुक्रबार लुम्बिनीबाट उत्सवको शुभारम्भ भएको छ।
उद्योग व्यापार संगठन रुपन्देहीको संयोजनमा सुरु भएको खिर उत्सवको शुभारम्भ गर्दै प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बुद्ध जन्मस्थलको विकास र प्रचार–प्रचारका लागि प्रदेश सरकारले भ्रमण वर्ष मनाउन लागेको बताए।
उनले सुजाता नाम गरेकी युवतीले दिएको खिर खाएपछि बुद्धले ज्ञान प्राप्त गरेका कारण बुद्ध दर्शनमा सुजाता खिरको विशेष महत्व रहेको अर्थ्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।