काठमाडौं– शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरुः
१) नेकपाले टुंग्यायो जनवर्गीय संगठनको एकता, अर्को पटक नेकपाले दुई तिहाइ ल्याउने प्रधानमन्त्री ओलीको दाबी।
२) मिडिया काउन्सिल विधेयक खारेजीको माग गर्दै सञ्चार साधनसहित प्रदर्शन, विधेयकमा राखिएको जरिवानासम्बन्धी प्रावधान हटाउने प्रदेश २ सरकारको निर्णय।
३) कर छल्ने डिस होमलाई ठूला करदाताको २० करोड तिर्न अर्को पत्र, अन्तिम पटक थप निर्धारण भएको कर भुक्तानी गर्न पत्र तयार।
४) विश्वकप क्रिकेटको पुरस्कार राशी अहिलेसम्मकै उच्च, कुल पुरस्कार १ अर्ब १२ करोड रुपैयाँ, विजेताले ४४ करोड ९७ लाख पाउने।
५) र, ताइवानमा समलिंगी विवाहलाई वैधता, पक्षमा ६६ पक्ष र विपक्षमा २७ मत, बन्यो एसियामै पहिलो देश।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।