काठमाडौं– नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर प्रहरी सेवामा प्रवेश गरेका एक अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
अख्तियारले प्रहरी नायव उपरीक्षक (डिएसपी) बाबुराम अधिकारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र फेला परेको भन्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
डिएसपीको अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र शंकास्पद रहेकाले छानबिन गरी पाऊँ भनी अख्तियारमा उजुरी परेको थियो। अख्तियारको छानबिन टोलीले डिएसपी अधिकारीको माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतको प्रमाणपत्र (आइकम) तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको जनाउँदै मुद्दा दायर गरेको हो।
उनले आइकमको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी प्रहरी सहायक निरीक्षक पदबाट प्रहरीमा सेवा प्रवेश गरेका थिए। हाल उनी बढुवा भएर डिएसपी पदमा कार्यरत छन्।
भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार उनीविरुघ मुा दायर गरिएको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।