धनगढी- कैलालीको बर्दगोरीया गाउँपालिका-१, सडकपुरस्थित बौनियाँ बजारकाे एक इलेक्ट्राेनिक्स गाेदाममा आगलागी भएको छ।
स्थानिय व्यापारी प्रकाश नाथको इलेक्टोनिक्स गोदाममा आगलागी भएको हो। लम्की चुहा नगरपालिका र घोडाघोडी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीहरुको सक्रियतामा करिब २ घण्टामा आगो नियन्त्रणमा लिइएकाे छ।
गोदाममा भएका फ्रिज, पंखा, मोटर, राइस कुकरलगायत विद्युतीय समाग्रीहरु तथा घरभित्ररहेका सबै सामानहरु समेत जलेर नष्ट भएको बताइएको छ। व्यापारी नाथले आगलागीबाट करिब १ करोड ३० लाख रुपैयाँ बराबरको क्षति भएको दाबी गरे।
आगलागीको कारण नखुले पनि विद्युत सट भएर आगलागी भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बौनियाँले अनुमान गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।