काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकको सेवामा समर्पित हुनुपर्ने हरेक प्रहरी कार्यालयको वातावरण सदैव नागरिकमैत्री हुनुपर्ने बताएका छन्।
महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंको शुक्रबार आकस्मिक निरीक्षणपछि वृत्तमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन्।
हरेक सेवाग्राहीलाई छिटोछिटो सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘हरेक सेवाग्राहीलाई प्रहरीको सेवा प्रवाह राम्रो रहेको महसुस हुने गरी उत्कृष्ट काम गर्नुपर्छ।’
सामान्य नागरिकलाई सद्व्यवहार गर्न र अपराधविरुद्ध कानुनी कठोरता अपनाउनुपर्नेमा उनले जोड दिए।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमका मूल्य मान्यताअनुरुप सेवाग्राहीलाई त्यसको उपादेयता महसुस हुने गरी काम गर्न निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले समुदायसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।