काठमाडौं– पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ देउरियाबाट गाँजा २ सय ८३ किलो र चरेश ५ किलो शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ।
सोही स्थानका केही घरहरूमा लागूऔषध गाँजा र चरेश लुकाईछिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरीको टोली सर्च अपरेशनमा खटिएको थियो।
प्रहरीको टोलीले खानतलासी गर्दा फुसन माझीको घरबाट लागूऔषध गाँजा १५ किलो, चरेश ५ किलो र उनको घरभन्दा अन्दाजी १ सय ५० मिटर टाढा रहेको नालाबाट गाँजा २ सय ६८ किलोसमेत फेला पारी बरामद गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।