काठमाडौं- सुन्धारास्थित काठमाडौं मल नजिक ट्यांकरको ठक्करबाट एक महिलाको ज्यान गएको छ।
ना २ ख ४२२२ नम्बरको ट्यांकरले बा ३७ प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार काँडाघारीकी २३ वर्षीया सुनिता खत्रीको मृत्यु भएको हो। मोटरसाइकल चालक रामशरण केसी घाइते भएका छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
मोटरसाइकललाई ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।