कायरो– इजिप्टको उत्तर र मध्य सिनाइमा सरकारी सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ४७ जना मारिएका छन्। इजिप्टको सेनाले दिएको जानकारी अनुसार उनीहरुले लडाकूका २९ स्थानमा रहेका आश्रयस्थल ध्वस्त पारेका बताइएको छ।
त्यसैगरी सरकारी सेनाले ९७ कार, विस्फोटक पदार्थ, आक्रमणका लागि तयारी अवस्थामा राखिएका अन्य सामग्रीहरु पनि नियन्क्रणमा लिइएको सेनाद्वारा जारी वत्तव्यमा उल्लेख छ।
सेनाले घटनास्थलबाट खोजीको सूचीमा रहेका तथा अपराधी गरी १५८ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। गोली हानाहानको त्रममा दुई सरकारी अधिकारी र तीन सैनिकहरु पनि मारिएका छन् भने चार सुरक्षाकर्मी मारिएका छन्।
इजिप्टमा बेला बेलामा यस्ता आक्रमण र भिडन्तका घटनाहरू भइरहने गरेका छन् भने ती घटनामा परी सयौँ सुरक्षाकर्मीहरु मारिने गरेका छन्। सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।