काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषधसहि एक जापानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट हङकङ हुँदै जापान जान लागेको अवस्थामा लागुऔषधसहित ५६ वर्षीय मिको ताकेनाकालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानअघि जाँचका क्रममा ९० ग्राम चरेशसहित ताकेनाकालाई पक्राउ गरिएको जानकारी दिए।
उनलाई आवश्यक अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय पठाएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।