काठमाडौं– प्रहरीले मकवानपुरबाट खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१० का १९ वर्षीय हेनिश शाही, सोही ठाउँका २६ वर्षीय महमद सहिद मियाँ र र १९ वर्षीय निरोज वाइवा छन्।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले ७ सय ९० ग्राम खैरो हेरोइनसहित हेटौंडा–१० बाट पक्राउ गरेको हो।
पक्राउ परेका शाहीको घरमा खैरो हेरोइनको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले पक्राउ गरेको हो।
प्रहरीले शाहीको साथबाट ४ ग्राम, मियाँको साथबाट १ ग्राम ६० मिलिग्राम र वाइवाको साथबाट २ ग्राम ३० मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।