• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गंगालालमा बालिका मृत्यु प्रकरण : पीडित भन्छन्- अस्पतालको गल्ती, निर्देशक भन्छन्- पैसा असुल्ने नियत

मेडिकल काउन्सिलले थाल्यो छानबिन
64x64
नेपाल लाइभ बिहीबार, जेठ २, २०७६  १३:०७
1140x725

काठमाडौं- बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भएको बालिका मृत्यु प्रकरणमा नेपाल मेडिकल काउन्सिलले छानबिन थालेको छ। बालिकाका आफन्तले उजुरी दिएपछि छानबिन कमिटीले काम गरिरहेको मेडिकल काउन्सिलका रजिष्ट्रार डा दिलीप शर्माले जानकारी दिए। 

‘कमिटीले घटनाबारे मिहिन ढंगले छानबिन गरिरहेको छ,' उनले भने, 'छिट्टै  प्रतिवेदन आउँछ।’

सर्लाही सिसौटियाकी ५ वर्षीया आकृतिकुमारी साहको मुटुको भल्भ फेर्न बैसाख १३ गते गंगालालमा भर्ना गरिएको थियो। उनको १७ गते शल्यक्रिया गरियो। तर, उपचारका क्रममा उनको २३ गते निधन भयो। उक्त घटनापछि बालिकाका आफन्तले फरक समूहको रगत चढाइएको आरोप लगाउँदै आएका छन्। अस्पतालको लापरबाहीकै कारण उनको ज्यान गएको दाबी गर्दै बालिकाका आफन्तले काउन्सिलमा उजुरी दिएका हुन्।

तर, अस्पतालले भने बालिकाको मृत्युको विषय ‘पैसा असुल्ने’ नियत रहेको जनाएको छ। घटनामा अस्पताल वा चिकित्सक दोषी नभएको अस्पतालको भनाइ छ। अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले केही व्यक्तिले व्यक्तिगत रुपमा चिकित्सकलाई दोषी देखाउने प्रयास गर्दै आइरहेको बताए। उनले भने, ‘बालिकाको मृत्युबारे काउन्सिलले अनुसन्धान गरिरहेको छ। तर, मलाई व्यक्तिगत रुपमा आरोप लगाउँदै केही बिचौलियाले खेल्ने कोसिस गरिरहेका छन्।’

डा शर्माका अनुसार उपचारका क्रममा निधन भएकी बालिकाको मुटुमा जन्मजात जटिल किसिमको रोग थियो। मुटुभित्रका दुई वटा ठूला भर्टिकलको बीचमा प्वाल र दाहिनेतर्फको भर्टिकलमा मासु बाक्लो भएर दुई खण्ड बनेको थियो। 

दाहिनेतिरको उक्त खण्ड एउटा मात्र हुनुपर्नेमा मासु बाक्लो भएर दुई वटा हुँदा रगत बग्न समस्या देखिएको शर्मा बताउँछन्। बालिकाको उपचारका क्रममा ओपनहार्ट सर्जरी गरिएको अस्पतालको भनाइ छ।

सर्जरीका क्रममा करिब एक सय मिनेट मुटुलाई पूरै बन्द गरेर प्वाल टाल्नेदेखि दाहिनेतिरको मुटुको खण्डको पनि उपचार भएको डा शर्माले जानकारी दिए। ‘फोक्सोमा जाने बाटो बनाउने जटिल शल्यक्रिया पनि भएको छ। शल्यक्रियाका क्रममा बालिकाको मुटु र फोक्सो चलाउन हार्टलंग मेसिनको प्रयोग भएको छ,’ उनले भने। 

शल्यक्रियाका क्रममा बालिकालाई रगत पनि चढाइएको थियो। तर, शल्यक्रियापश्चात् बालिकाको पिसाबमा रगत देखियो। हार्टलङ मेसिनका कारण यसरी रगत देखिन सक्ने चिकित्सकको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

शल्यक्रियाका क्रममा बालिकालाई ल्याबबाट आएको आधारमा रगत चढाएको अस्पस्तालले जनाएको छ। ‘ल्याबको रिपोर्टमा ‘कम्प्याटिबल’ भनेर लेखिएकोले रगत चढाउन मिल्छ। रगत चढाउनेले त रिपोर्टका आधारमा नै चढाउने हो। अब यसमा शल्यक्रिया गर्ने डाक्टरको त झन् गल्ती हुने कुरा नै भएन,’ कार्यकारी निर्देशक डा शर्माले भने। 

मृतक बालिकाका बुवा रामप्रवेश साहले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चिकित्सकको लापरबाहीका कारण छोरीको ज्यान गएको भन्दै तत्काल छानबिन गरी न्याय दिलाउन माग गरे। 'शल्यक्रिया गर्नुअघि दुवै मिर्गौवा ठिक थियो तर शल्यक्रियापछि दुवै फेल भएको रिपोर्ट देखाइयो। किन?' उनले भने, ‘हामीलाई यसमा पनि शंका छ। सत्यतथ्य छानबिन होओस्।’

स्वास्थ्य मन्त्रालयमा पुगेर समेत आफूहरुले न्यायका लागि आग्रह गर्नुपरेको उनले बताए। 'तर यत्तिका दिन भयो हामीलाई कतैबाट न्यायको पहल भएको महसुस भएको छैन,' उनले पीडा पोखे।

चिकित्सकले लापरबाही गरेको, अस्पतालबाट जबरजस्ती प्रहरी लगाएर शव उठाउन लगाएको लगायत आरोप लगाएका पीडित पक्षले प्रहरी र जिल्ला प्रशासनले समेत उजुरी लिन नमानेको बताउँदै आएका छन्। तर, यी आरोप गलत रहेको कार्यकारी निर्देशक शर्माले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बालिकाका आफन्तले कार्यकारी निर्देशक शर्मा आफैले शल्यक्रिया गरेको आरोप लगाए पनि उनले त्यसलाई स्विकारेनन्। भने, 'उक्त शल्यक्रियामा मेरो कुनै संलग्नता छैन। मलाई बदनाम गराउने नियतले नाम मुछ्ने प्रयास भएको छ। यदि यो केसमा मेरो गल्ती देखियो भने मलाई सिधै जन्मकैद दिए हुन्छ।’ अरु चिकित्सकको पनि यसमा दोष नभएको उनको भनाइ छ।

‘यदि यो घटनामा मानविय त्रुटि नै भएको रहेछ भने पनि त्यो ल्याबमा भएको हुन सक्ने सम्भावना छ। शल्यक्रिया र अरु प्रक्रियामा गल्ती छैन,’ उनले भने।

बालिकाको मृत्युपछि यो घटनालाई बढाइचढाइँ भ्रम फैलाउने काम सुरेन्द्र यादव नाम गरेका व्यक्तिबाट भइरहेको अस्पतालले जनाएको छ। पहिला बालिकाको काका हुँ भन्दै सुरेन्द्र साह नाम बताउँदै उनी अस्पताल पुगेका थिए। पेसाले लेखनदास सुरेन्द्रले केही व्यक्तिसँग मिलेर मृतक बालिकाका बुबालाई अस्पतालबाट आर्थिक क्षतिपूर्ति दिलाइदिने भन्दै अनेक आरोप लगाउन सुरु गरेको डा शर्माको भनाइ छ। 

बालिकाको शव हाल त्रिवि शिक्षण अपस्पताल महाराजगन्जमा राखिएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  १३:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
एनपीएलका सबै खेललाई आईसीसीबाट लिष्ट ए टी-२० को मान्यता बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्