मुस्ताङ– मुस्ताङको प्रदेशसभा सदस्यको निर्वाचनमा समेत एमाले अगाडि देखिएको छ।
प्रतिनिधि सभा सदस्यमा अगाडि देखिएको एमालेले दुवै प्रदेशमा अग्रतालाई कायम राखेको छ।
प्रदेशसभा तर्फ एमालेका इन्द्रधारा विष्टले ५ सय ६३ मत ल्याएका छन्। कांग्रेसका उम्मेदवार मिक्युर गुरुङले २ सय ६४ मतसहित पछयाइरहेका छन्।
प्रदेश खमा एमालेका महेन्द्रबहादुर थकालीले ६ सय ३८ मत सहित अग्रता कायम राखेका छन्। त्यस्तै कांग्रेसका छिरिङ धावा गुरुङले ५ सय ६६ मत सहित थकालीलाई पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।