भोजपुर– एमालेले १ नम्बर प्रदेशको उम्मेदवारका रुपमा अगाडि सारेका नेता शेरधन राई प्रतिस्पर्धीभन्दा दोब्बर मतले अग्रता लिएका छन् । भोजपुरको प्रदेशसभा ख मा राईले १६९७ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्द कार्कीले ८३५ मत ल्याएका छन् ।
भोजपुरमा प्रतिनिधिसभा सदस्यमा पनि बाम गठबन्धनले नै अग्रता लिएको छ । माओवादी केन्द्रका उम्मेदवार सुदन किराँतीले १२३३ मत ल्याएका छन् भने कांग्रेसका उमेशजंग रायमाझिले ८५९ मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।