• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

भियतनाम र कम्बोडियाको भ्रमण सफल र उपलब्धिमुलक : प्रम ओली 

64x64
नेपाल लाइभ बिहीबार, जेठ २, २०७६  ०७:२३
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनाम र कम्बोडियाको भ्रमण सफल भएको बताएका छन्। साताव्यापी भ्रमण सकेर बुधबार बेलुकी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भ्रमण फलदायी भएकाे बताएका हुन्।

प्रधानमन्त्रीको ओलीले भियतनामको हनोईमा प्रधानमन्त्री फुकसँग नेपाल र भियतनामबीच परम्परागत रुपमा रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने सहमति भएको जनाए। कूटनीतिक राहदानी र सरकारी राहदानी बाहकहरूलाई भिसा छुट गर्ने, परराष्ट्र मन्त्रालयहरूबीच द्विपक्षीय संयन्त्र स्थापना गर्ने र नेपाल र भियतनामबीच व्यापार तथा लगानी सम्झौता गर्ने सम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको उनले बताए।

त्यसैगरी कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा कम्बोडियाका समकक्षी प्रधानमन्त्री हुन सेनसँग प्रतिनिधिमण्डल तहमा द्विपक्षीय वार्ता भएको पनि उनले बताए। भेटका अवसरमा नेपाल र
कम्बोडियाबीच विद्यमान बहुआयामिक सम्बन्धलाई अझ सुदृढ र मजबुत बनाउँदै लैजाने सम्बन्धमा महत्वपूर्ण छलफल भएको बताइएकाे छ।

कम्बोडियाका प्रधानमन्त्रीले गत नोभेम्बर २०१८ मा गरेकाे नेपालको औपचारिक भ्रमणका अवसरमा हस्ताक्षर भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयन एवम् यस भ्रमणका अवसरमा हस्ताक्षर भएको व्यापार तथा लगानी सम्बन्धमा सहयोग अभिवृद्धि गर्ने सम्झौतालाई छिटै मूर्त रूप दिने पनि दुई देशका बीचमा सहमति भएको प्रधानमन्त्री ओलीले जानकारी गराए।

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बैसाख २६ गते भियतनाम र कम्बोडियाको भ्रमणमा गएका थिए।

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको भ्रमण सम्पन्न गरी स्वदेश फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जारी प्रेस नोट:

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री महामहिम ङुयेन स्वन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै २६-३० वैशाखसम्म मैले समाजवादी गणतन्त्र भियतनाम र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री महामहिम साम्दे अक्का मोहा सेना पदै टेचो हुन सेनको निमन्त्रणामा ३० वैशाख देखि १ जेष्ठ २०७६ सम्म कम्बोडिया अधिराज्यको औपचारिक भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्केको छु। यस भ्रमणका सम्बन्धमा नेपाली राजदूतावास, बैंककबाट जारी भएका प्रेस विज्ञप्तिहरू तथा भ्रमणदलमा संलग्न सञ्चारकर्मी मित्रहरुबाट सम्प्रेषित  समाचारबाट  जानकारी भएकै छ।त्यसैगरी दुई मुलकका राजधानीहरूबाट जारी गरिएका संयुक्त वक्तव्यहरूबाट पनि भ्रमणका क्रममा भएका मुख्य उपलब्धीहरूको जानकारी भएकै हुनुपर्छ। तथापि, यस भ्रमणका मुख्य मुख्य गतिविधिहरू तथा प्राप्त उपलब्धीहरूलाई संक्षिप्त रूपमा प्रस्तुत गर्न चाहन्छु। 

- हनोईमा भियतनामका प्रधानमन्त्री महामहिम फुकसँग नेपाल भियतनामबीच परम्परागत रूपमा रही आएको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा प्रतिनिधिमण्डलस्तरमा वार्ता भयो। उक्त वार्तामा नेपाल भियतनाम द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा सारभूत छलफल भएको र द्विपक्षीय सम्बन्धलाई अझ फराकिलो र गहिरो बनाउँदै लैजाने सम्बन्धमा महत्वपूर्ण समझदारी भएको छ।दुई देशबीच विद्यमान सुमधुर राजनीतिक सम्बन्ध  सुहाउँदो ढङ्गबाट दुई देशबीचको आर्थिक सम्बन्धलाई विकसित गर्दै लैजाने उद्देश्यका साथ दुवै पक्षले व्यापार, लगानी, पर्यटन र हवाई सम्पर्कको क्षेत्रमा गहन रूपले सहकार्य गर्ने समझदारी बनेको छ। प्रतिनिधिमण्डलस्तरको वार्तापछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा निम्नानुसारका समझदारी पत्रहरूमा हस्ताक्षर भयोः
- कूटनीतिक राहदानी र सरकारी राहदानी  वाहकहरूलाई भिसा छुट गर्ने
- परराष्ट्र मन्त्रालयहरूबीच द्विपक्षीय संयन्त्र स्थापना गर्ने 
- नेपाल र भियतनामबीच व्यापार तथा लगानी सम्झौता गर्ने सम्बन्धी  आशयपत्र 
- भियतनामको औपचारिक भ्रमणको अर्को पाटो १६औं “संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय वैशाख दिवस”मा नेपालको प्रतिनिधित्व गर्नु रहेको थियो। भियतनामको हा नाम प्रान्तमा आयोजित सो कार्यक्रममा भियतनामका प्रधानमन्त्री, म्यानमारका राष्ट्रपति, भारतका उप-राष्ट्रपति, भुटानका सभामुख लगायतका ११२  मुलुकका अति विशिष्ट व्यक्तिहरू, बौद्ध विद्वानहरू, भिक्षु एवं जनसाधारण समेत करिब २० हजार सहभागीहरूको उपस्थिति रहेको थियो। विशेष अतिथिको रूपमा सम्बोधन गर्दै वर्तमान सन्दर्भमा गौतम बुद्धका शास्वत उपदेशहरू र  दिगो समाज निर्माणमा विश्व नेतृत्वको भूमिकाका सन्दर्भमा आफ्नो मन्तव्य राखेँ।बुद्ध, लुम्बिनी र बौद्ध दर्शनलाई एक अर्काबाट छुट्याउन नसकिने हुँदा लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर बौद्ध दर्शनको पनि उद्गमस्थल रहेको धारणा सशक्त रुपमा प्रस्तुत गरेँ। साथै, अनुकूल समयमा नेपालले लुम्बिनीमा संयुक्त राष्ट्रसंघ वैशाख दिवस र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने प्रस्ताव सो सम्मेलनमा राखेको छु। सोही अवसरमा लुम्विनीलाई अन्तर्राष्ट्रिय शान्ति नगर बनाउने उद्देश्यले लुम्बिनीको विकासमा नेपाल सरकारले गरिरहेको प्रयासहरूको बारेमा जानकारी गराएँ र सो कार्यमा अन्तर्राष्ट्रिय सहयोगको आह्वान पनि गरेँ।यो सम्मेलनमा नेपालको उच्च सहभागिता र प्रस्तुतिले विश्व समुदाय समक्ष बौद्ध दर्शन लुम्बिनीको महत्व र नेपालको छवि बारे थप प्रष्ट पार्न सघाएको अनुभूति गरेको छु।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली प्रतिनिधिमण्डलले भियतनामको सर्वोच्च जनप्रतिनिधि संस्था राष्ट्रियसभाका अध्यक्ष (सभामुख) म्याडम ङुयेन थिङ किमसँग दुई संसद र दुई देशका जनताबीच जनस्तरको सम्बन्ध विस्तार लगायतका बिषयहरूमा विस्तृत छलफल गर्यौं र उक्त सम्मेलनमा सहभागी हुन पाल्नु भएका विशिष्ट अतिथिहरूको सम्मानमा उहाँले आयोजना गर्नु भएको रात्रीभोजमा सरिक भएँ। सो अवसरमा उपस्थित अन्य विशिष्ट व्यक्तित्वहरूसँग अनौपचारिक छलफल गर्ने अवसर समेत प्राप्त भयो।

- त्यसैगरी कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा कम्बोडियाका समकक्षी प्रधानमन्त्री हुन सेनसँग प्रतिनिधिमण्डल तहमा द्विपक्षीय वार्ता भएको छ।भेटका अवसरमा नेपाल र कम्बोडियाबीच विद्यमान बहुआयामिक सम्बन्धलाई अझ सुदृढ र मजबुत बनाउँदै लैजाने सम्बन्धमा महत्वपूर्ण छलफल भएको छ। दुई देशका प्रधानमन्त्रीहरूका बीचमा एक बर्षमा तीन पटक भेट भएको स्मरण गर्दै ती भेटघाटहरूबाट द्विपक्षीय सम्बन्धलाई गति दिन तथा नयाँ उचाईमा पुर्याउन मद्दत पुगेकोमा हामीले सन्तोष व्यक्त गर्यौं।कम्बोडियाका प्रधानमन्त्रीले गत नोभेम्बर २०१८ मा गर्नु भएको नेपालको औपचारिक भ्रमणका अवसरमा हस्ताक्षर भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयन एवं यस भ्रमणका अवसरमा हस्ताक्षर भएको व्यापार तथा लगानी सम्बन्धमा सहयोग अभिवृद्धि गर्ने ँचबmभधयचप सम्झौतालाई छिटै मूर्त रूप दिने सहमति भएको छ। 

- हनोई र नोम पेन्ह दुवै राजधानीहरूमा नेपाली र ती मुलुकका उद्यमी व्यवसायीहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै नेपालले हासिल गरेको राजनीतिक स्थायित्वले लगानीमैत्री वातावरण तयार भएकोले पूर्वाधार विकास लगायत नेपालको अर्थतन्त्रका उत्पादनशील क्षेत्रहरूमा लगानी गर्न आह्वान गरेको छु।सरकारले विकासका लागि लिएको स्पष्ट नीति, लगानीमैत्री वातावरण वनाउन चालिएका नीतिगत, कानूनी तथा संस्थागत सुधारका पक्षमा प्रकाश पार्दै नेपालमा वैदेशिक लगानीको पूर्ण सुरक्षा हुने गरी सम्भाव्य लगानीकर्ताहरूलाई आश्वस्त पारिएको छ।नोम पेन्हमा भएको कार्यक्रममा प्रधानमन्त्री हुन सेन स्वयम उपस्थित भएर कम्बोडियाका लगानीकर्ताहरूलाई नेपाललाई प्राथमिकताका सूचीमा राख्न आह्वान गर्नुभएको छ। दुवै प्रधानमन्त्रीद्वारा संयुक्त रूपमा सम्बोधन गरिएको उक्त कार्यक्रममा नेपाल र कम्बोडियाको निजी क्षेत्र र उद्यमी व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। 

- भियतनामको राष्ट्रिय सभाका अध्यक्ष ङुयेन थिङ किम तथा कम्बोडियाका राष्ट्रिय सभाका अध्यक्ष हेङ सामरिन एवं सिनेटका अध्यक्ष एवं कार्यवाहक राष्ट्राध्यक्ष से चुमसँगको भेटघाटमा ठूलो द्वन्द्वबाट पीडित भियतनाम र कम्बोडियाले छोटो समयमा हासिल गरेको प्रगति उदाहरणीय रहेको र द्वन्द्वबाटै गुज्रेको नेपालले यसबाट सिक्न सक्ने धेरै कुराहरू रहेको सन्दर्भमा चर्चा भयो। नेपालले हासिल गरेको युगान्तकारी राजनैतिक उपलब्धीहरू र ती उपलब्धीहरूलाई संस्थागत गर्ने नयाँ संविधान र राजनैतिक स्थायित्वको दिशामा अगाडि बढिरहेको नेपालको समसामयिक अवस्थाबारे दुवै पक्षलाई राम्ररी अवगत गराएको छु।साथै, दुवै मुलुकहरूसँग रहेको बहुआयामिक सम्बन्धलाई थप सुदृढ गराउन विधायिकाहरूबीचमा आपसी सहयोग र सहकार्य हुनुपर्ने आवश्यकताका सम्बन्धमा समेत छलफल भएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

- हनोई स्थित प्रतिष्ठित हो चि मिन्ह राष्ट्रिय राजनीति प्रतिष्ठान ९नेशनल एकेडेमी अफ पोलिटिक्स०मा क्रान्तिकारी, राष्ट्रभक्त, समाजवादी एवं भियतनामका पूर्व राष्ट्रपति हो चि मिन्हका विचाधाराहरूको सान्दर्भिकताको विषयमा बिद्वान, बुद्धिजिवी, निजी क्षेत्र, सञ्चार लगायतका क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको एक सभालाई सम्बोधन गरेँ।स्वतन्त्रता, स्वाधीनता एवं राष्ट्रिय अखण्डताका पक्षमा वहाँको विशिष्ट योगदान रहेको र यसबाट विश्वका करोडौं मानिसहरू अभिप्रेरित भएको धारणा राखेँ। साथै, भियतनाम युद्धमा भियतनामी जनताको पक्षमा नेपाली जनताले देखाएको ऐक्यबद्धता र सहयोगको स्मरण पनि गराएँ।उहाँको सादा जीवन, कर्तव्यपरायणता र राष्ट्रप्रेमबाट हामीले सिक्नुपर्ने धेरै कुराहरू रहेको बिषयमा चर्चा गरेँ।हनोईमा रहँदा उहाँको समाधीमा पुष्पार्पण गर्ने र वहाँले पछिल्लो समय बिताउनु भएको आवासको पनि अवलोकन गर्ने अवसर प्राप्त भयो।भ्रमणको अभिन्न अङ्गको रूपमा रहने राष्ट्रिय शहिदहरूलाई सम्मान  गर्ने प्रचलित कार्यक्रम अनुसार दुवै राजधानीहरूमा राष्ट्रिय व्यक्ति तथा शहिदहरूप्रति श्रद्धा प्रकट गरेँ।

- भियतनामी भिक्षुद्वारा भियतनामी भाषामा नेपालका बारेमा रचित ल्भउबस् िएभबअभ बत जबलमक शिर्षकको पुस्तक विमोचन गर्ने अवसर प्राप्त भयो। यस पुस्तकबाट भियतनाममा नेपालको राम्रो प्रचार हुन गई नेपालको पर्यटन प्रवर्धनमा मद्दत पुग्ने विश्वास लिएको छु। उक्त कार्यक्रममा पनि लुम्बिनी, बुद्ध र बौद्ध दर्शनका बारेमा हाम्रो स्पष्ट धारणा राख्ने अवसर प्राप्त भयो।

यस भ्रमणको अवसरमा भियतनाम र कम्बोडियामा विभिन्न पेशा व्यवसाय गरी बसोबास गरिरहनुभएका नेपालीहरुसँग पनि भेटघाट तथा छलफल भयो।कम्बोडियामा रहेका गैर आवासीय नेपालीहरूले आयोजना गरेको स्वागत समारोहमा सरिक भई उहाँहरूलाई देशको आर्थिक सामाजिक विकासमा देश भित्र वा बाहिर रही योगदान गर्न आह्वान गरेँ।

समग्रमा, द्वन्द्वोत्तर परिवेशमा दक्षिण पूर्व एसियामा उदाउँदो अर्थतन्त्रको रूपमा रहेको भियतनाम र तीब्र गतिमा आर्थिक विकास गरिरहेको कम्बोडियामा भएको नेपालको प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमणले नेपाल र ती दुई मुलुकहरूबीचको समग्र सम्बन्धलाई मजबुत बनाउन मद्दत पुगेको छ।आर्थिक सम्बन्धलाई विस्तार गर्ने नयाँ अवसरहरू प्राप्त भएका छन्।बौद्ध दर्शनमा आधारित सांस्कृतिक सामाजिक सम्बन्धले बुद्धको जन्मस्थल नेपाल र बौद्ध धर्मावलम्बीहरूको उल्लेख्य संख्या रहेको ती मुलुकहरूलाई अझ नजिक ल्याउन मद्दत पुगेको छ।द्वन्द्वबाट छिया छिया भएका मुलुकहरूले छोटो समयमै प्राप्त गरेका उपलब्धीहरूलाई नजिकबाट नियाल्ने र असल अभ्यासहरू बारे जानकारी लिने अवसर प्राप्त भएको छ।साथै, द्विपक्षीय छलफलका क्रममा समसामयिक विश्व परिस्थिति र क्षेत्रीय एवं अन्तर्राष्ट्रिय चासोका साझा मुद्दाहरूमा भएको विचारको आदान प्रदानबाट अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र ती मुलुकहरूबीच सहकार्य र सहयोग विस्तार गर्ने थप अवसर प्राप्त भएको छ।

लुम्बिनीको विकासमा अन्तर्राष्ट्रिय सद्भाव र सहयोग जुटाउन यस भ्रमणले महत्वपूर्ण अवसर प्रदान गरेको छ।आगामी दिनहरूमा हाम्रा प्रयासहरूले सार्थक गति लिने विश्वास लिएको छु।दुवै देशका प्रधानमन्त्रीहरूले लुम्बिनीको भ्रमण गर्ने इच्छा व्यक्त गर्नु भएको छ।जनस्तरमा पनि लुम्बिनी प्रतिको ज्ञान र चेतनामा अभिवृद्धि हुनुका साथै आकर्षण पनि बढ्न गएको महसुस गरेको छु।

मुलुकले हासिल गरेको ऐतिहासिक राजनीतिक रूपान्तरण र राजनीतिक स्थायित्वको जगमा तीव्र आर्थिक रूपान्तरण हासिल गर्नु र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूर्ति गर्नु यति बेलाको हाम्रो एक मात्र उद्देश्य हो।यसका लागि अनुकूल अन्तर्राष्ट्रिय परिस्थिति निर्माण गर्नु हाम्रो वाह्य सम्बन्धको सार हो र विदेश नीतिको मुख्य पक्ष पनि यही हो।सबैसँग मित्रता कायम गर्ने र कसैसँग पनि वैरभाव नराख्ने मूल नीतिमा आधारित रहेर नेपालले यतिबेला वाह्य सम्बन्धहरूमा सक्रिय अग्रसरता प्रदर्शन गरिरहेको छ र यसले वाह्य जगतमा नेपालको छवि उदाउँदो अर्थतन्त्र, स्वाभिमानी राष्ट्र र ऊर्जावान एवं कर्मशील नागरिकहरूको देशको रूपमा उज्यालो बन्दै गएको छ।यी भ्रमणहरूले यसमा अझ बल पुर्याएको मैले ठानेको छु।

मेरो नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, मुख्य सल्लाहकार बिष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई, संघीय संसदका सदस्यहरू, नेपाल सरकारका सचिवहरू, भियतनाम एवं कम्बोडियाका लागि नेपाली गैर आवासीय राजदूत, स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरू एवं परराष्ट्र मन्त्रालय तथा बैंककस्थित नेपाल राजदूतावासका पदाधिकारीहरु, उद्योगी व्यवसायीहरू तथा सञ्चारकर्मीहरू रहनु भएको थियो।

मेरो भ्रमणको लागि मिलाइएको उत्कृष्ट प्रबन्ध तथा प्रदान गरिएको न्यानो आतिथ्यको लागि म भियतनाम र कम्बोडिया सरकारहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। साथै, भ्रमणका बारेमा सूचना सम्प्रेषित गर्नुहुने संचार माध्यमहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।

प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  ०७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
एनपीएलका सबै खेललाई आईसीसीबाट लिष्ट ए टी-२० को मान्यता बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्