नाइजेरियाली सुरक्षाकर्मीकाे हवाई आक्रमणमा १२ जना मारिए

नेपाल लाइभ | २०७६ जेठ २ बिहीबार | Thursday, May 16, 2019 ०६:४०:०० मा प्रकाशित

नाइजेरिया- नाइजेरियाका सरकारी सुरक्षाकर्मीहरूले गरेको हवाई आक्रमणमा परी कम्तीमा १२ जना मारिएका छन्।

देशको कदुना राज्यअन्तर्गत पर्ने कुमुकु जङ्गलमा भएको आक्रमणमा उनीहरू मारिएको सैन्य स्रोतले बुधबार जनाएको छ।

नाइजेरियाली हवाई सेनाका प्रवक्ता इबिकुन्ले डारामोलाले दिएको जानकारीअनुसार उनीहरूले अपहरणमा परेका १५ जनालाई अपहरणमुक्त गर्न पनि सहयोग गरेका छन्।

मारिनेहरू आपराधिक समूहका व्यक्तिहरू भएको सरकारी सैन्य अधिकारीहरूले दाबी गरेको समाचारमा जनाइएको छ। रासस/सिन्ह्वा