• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मन्त्री र कर्मचारीको विवादले उग्र रूप लिएपछि मन्त्रालयमा जे देखियो...

64x64
नेपाल लाइभ बुधबार, जेठ १, २०७६  २०:५९
1140x725

काठमाडौं- बुधबार दिउँसो साढे ३ बजेतिर केही पत्रकार रिपोर्टिङका सिलसिलामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका थियौं। 

मन्त्रालयको आगामी आर्थिक वर्षको लागि बजेट सिलिङ र नयाँ योजना तथा कार्यक्रम के छन् भनेर हामी मन्त्रालयमा पुगेका थियौं। पत्रकार सुभास भट्ट र राजु चौधरी पनि साथमै थिए। 

म र राजु चौधरी मन्त्रालयका सहसचिव नवराज ढकालको कार्यकक्षमा छिर्ने तरखरमा थियौं। तर ढकाल आफ्नो कार्यकक्षमा नभेटेपछि हामी बाहिर निस्कियौं। त्यतिकैमा सुभास भट्टले फोन गरेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको कार्यकक्ष अगाडि आउन भने। हामी त्यहाँ पुग्दा मानिसहरुको ठूलै भिड देखियो। 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको कार्यकक्षको ठीक अगाडि मन्त्रालयका उपसचिव तथा उनका नीजि सचिव प्रेमप्रसाद आचार्यको कार्यकक्ष छ। उपसचिव आचार्यको कार्यकक्षमा ठूलै हल्ला खल्ला भइरहेको थियो। 

पोसाकमै रहेका केही सरकारी कर्मचारी र केही आगन्तुकहरुबीच भनाभन भइरहेको थियो। चर्को स्वरमात्र होईन टेबुल ठोकाठाकको स्थीति थियो त्यहाँ। आचार्यको कार्यकक्षमा भित्र र बाहिर मानिसहरुको हुल जम्मा भईसकेको थियो। त्यहाँभित्रको विवादले चर्को रुप लिँदै थियो। हल्ला खल्लाले असामान्य रुप लिईसकेको थियो।  

यो पनि : उद्योगमन्त्री मातृका यादव र कर्मचारी नेताबीच मन्त्रालयमै कुटाकुट

हामी त्यहाँ पुगेको करीब २ मिनेटपछि मन्त्री यादव पनि आफ्नो कार्यकक्षबाट बाहिर निस्किएर आचार्यको कार्यकक्षमा पुगे। 

मन्त्री यादवले जंगिदै भने, ‘यहाँ आएर यसरी हल्लाखल्ला गर्ने को हो?' उनी भिड छिचोलेर आचार्यको कुर्सी नजिकै पुगे। मन्त्री यादवको स्वर चर्कौ नै सुनिथ्यो। ‘कुन आधारमा पैसा खाएर सरुवा गरेको भनेको? त्यसको आधार के छ?' उनी जंगिरहेका थिए। 

मन्त्री जंगिएपछि उनको सचिवालयका केही कर्मचारी 'तपाईं भित्र जानु न' भन्दै मन्त्रीलाई नै सम्झाइरहेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

तर मन्त्री यादव भने 'म किन जानु? कर्मचारीमाथि हातपात गर्न आएका यिनीहरु? पैसा लिएको पुष्टि गरुन्, होइन भने म यिनीहरुलाई यहीँ थुन्छु। मन्त्रीले पैसा खायो भन्ने? मेरा कर्मचारीले पैसा खायो भन्ने?' भन्दै जंगिइरहे। उनले आफ्नो सचिवालका कर्मचारीलाई नै बरु आफ्ना अगाडि नपर्न भन्दै झपारे। 

उपसचिव आचार्यको कार्यकक्ष भित्र रहेको भिड एकाएक धकेलाधकेलमा बदलियो। 'यीनिहरुलाई यही कोठाभित्र थुन, प्रहरी बोलाऊ,' मन्त्री यादवले भने। 

त्यति भईसक्दा धकेलाधकेलको अवस्था त्यतिमा मात्र सीमित भएन। हामी केही साइड तर्फ लाग्यौं। चर्काचर्की र कोलाहल झन् बढ्दै गयो। यो अवस्था केही क्षणसम्म चलिरह्यो। मन्त्रीलाई कर्मचारीले घेरेका थिए। त्यही बिचमा थिए, कांग्रेस निकट कर्मचारीका वरिष्ठ उपाध्यक्षसहितका अन्य कर्मचारी नेता। मन्त्रालयका कर्मचारी, कर्मचारी नेताले मन्त्री घेरिएपछि कसले कसलाई धकेल्यो प्रष्टसँग ठम्याउन सक्ने गरीको स्थानमा हामी थिएनौँ।

अब यो अवस्थाले झन् फरक मोड लियो। भागदौडमय वातावरण बन्यो। कोठाभित्रका मानिसहरु हुल बाँधेर धकेलाधकेलकै अवस्थामा बाहिर निस्किए। मन्त्रीसमेत उनको सचिवालय केही व्यक्तिहरुले आचार्यको कार्यकक्षमा रहेका मानिसहरुलाई कोठाभित्रै थुन्ने मनसायले धकेल्न थाले। भित्र रहेका मानिसहरु फुत्किन खोजे। उनीहरुले पनि मन्त्रीसहितको टोलीलाई धकेल्यो। स्थिति केही बेर असामान्य बन्यो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भिड कोठाबाट बाहिर निस्किए पनि बाहिर केही बेरसम्म चर्काचर्की चलिरह्यो। 'प्रमाण लिएर आउनु पर्यो क्या, मेरो मन्त्रालयमा कसैले घुस खाएको हो भन्ने कुराको। प्रमाण लिएर आउनु पर्यो। हावातालमा जे मन लाग्यो तेही भन्न पाईन्छ? कर्मचारीले दादागिरी गर्ने,' आक्रोशमा पुगेका मन्त्री यादवले प्रश्नात्मक शैलीमा यो वाक्य बारम्बार दोहोर्‍याई रहे। उनको आक्रोशलाई सचिवालयका कर्मचारीले नबोल्नुस् मन्त्रीज्यू भन्दै थम्थम्याउन खोजे। तर निकै बेर उनीहरुको प्रयास सफल हुन सकेन। 

तर मन्त्री यादवको आक्रोश यतिसम्म थियो कि हल्लाखल्लाकै बीचमा आफ्नो कार्यकक्ष तिर गईसकेका मन्त्री फेरी रन्थनिदै बाहिर आए। 'मेरो कर्मचारीमा माथिको हातपात मैले सहन्नँ। कर्मचारी सरुवामा पैसा खायो भन्ने? त्यसको आधार के छ,' भन्दै चिच्चाइरहे, प्रश्न गरिरहे।

प्रहरी आउने चाल पाएपछि विवाद गरिरहेको अर्को टोली त्यहाँबाट हिड्यो। 

कार्यकक्ष अगाडि मन्त्रालयका अरु कर्मचारी र सचिवालयका कर्मचारी जम्मा भएको भिड अझै बाँकी थियो। मन्त्रालयमा भएको सो घटनालाई सामान्य जानकारी गराउने उद्देश्यले हामी भिडभन्दा केही पर भर्‍याङमा पुगेर मोबाईलमा सानो सूचना लेखेर समाचार कक्षलाई जानकारी गराउन मोबाइल चलाईरहेका थियौं। आफ्नो कार्यकक्षमा पुगिसकेका मन्त्री यादव फेरी आएर भने, ‘उहाँहरुको मोबाईल खोस्नुस्’। 

सचिवालयका कर्मचारीले ‘उहाँहरु पत्रकार हो’भनेपछि मन्त्री यादव फेरी आफ्नो कार्यकक्षमा फर्किए। हामीले पनि मन्त्रालयमा भएको घटनाको विवरणबारे समाचार कक्षलाई सामान्य जानकारी गरायौं। 

यति भइसक्दा पनि हामीले मेसो पाउन सकेका थिएनौं कि वास्तवमा विवादको कारण के हो? मन्त्रालयमा मन्त्रीकै अगाडि यस्तो उग्र विवाद कसरी आइलाग्यो? हामी त्यो जान्नतर्फ लाग्यौं।

विस्तारै कुरा खुल्दै गयो। आफ्नो सरुवामा चित्त नबुझेका केही कर्मचारीले ट्रेड युनियनका पदाधिकारीको आडमा मन्त्रालयलाई दबाब दिन खोजेका रहेछन्। मन्त्री यादवका निजी सचिव प्रेमप्रसाद आचार्यको कार्यकक्षमा जानुअघि उनीहरु उद्योग सचिव यामकुमारी खतिवडाको कार्यकक्षमा पुगेर सोही विषयमा छलफल समेत गरेका रहेछन्।

कांग्रेस निकट कर्मचारी संगठन कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी र उपाध्यक्ष उत्तम कटुवाल, मन्त्रालयकै शाखा अधिकृत विश्वबन्धु रेग्मीलगायत ५/७ जनाको समूहले उपसचिव सरुवाको विषयलाई लिएर असन्तुष्टि पोखेका रहेछन्।

केही दिनअघि मात्र सामान्य प्रशासन मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ५ जना उपसचिव सरुवा गरेर पठाएको रहेछ। उपसचिवहरु शोभाशंकर रेग्मी, विनोद खड्का, चिरञ्जिवी गिरी, शालिकराम दाहाल र तुलसीराम गैरैलाई उक्त मन्त्रालयमा पठाइएको रहेछ। यसरी आएका उपसचिवमध्ये बाट मन्त्रालयले २ जनालाई कम्पनी रजिस्टारको कार्यालय, एक जनालाई वाणिज्य विभाग, एकजनालाई उद्योग विभाग र एक जनालाई मन्त्रालयमा नै राखेको रहेछ। 

मन्त्रालयमा नै जिम्मेवारी पाएका उपसचिव शोभाशंकर रेग्मीले आफू उद्योग विभागमा सरुवा हुन पाउनुपर्ने भन्दै मन्त्रालयमा कर्मचारी युनियनमार्फत् दबाब दिन खोजेका रहेछन्। 

मन्त्रालयले नेकपा निकट उपसचिव विनोद खड्कालाई उद्योग विभाग सरुवा गरेको र आफूलाई भने मन्त्रालयमै थन्काइएको भन्दै शोभाशंकर रेग्मीले कर्मचारी युनियनका नेताहरुलाई बोलाएर मन्त्रालयलाई दबाब दिन खाजेको देखिन्छ। 

यसरी उपसचिव हरुको खटन-पटन गर्दा मन्त्रालयभित्रैका केही कर्मचारी तथा मन्त्री यादवको सचिवालयले आर्थिच चलखेल गरेको उनीहरुको आरोप लगाएका छन्। मन्त्री यावद, उनको सचिवालयका कर्मचारी र प्रशासन शाखाका कर्मचारीहरुले भने उपसचिवहरुको सरुवामा भएको भनिएको आर्थिक चलखेल पुष्टि गरेर देखाउन चुनौती दिएका छन्। 

उपसचिव प्रेमप्रसाद आचार्य भने आफूलाई कर्मचारीको सरुवाबढुवाका बारेमा जानकारी नहुने बताउँछन्। 'उहाँहरु समान तहको कर्मचारीको सरुवा मैले गर्ने हो र? त्यो विषयमा त मलाई जानकारीसम्म हुन्न। यो कुरा बुझे पनि केही कर्मचारी साथीहरु ममाथि जाइलागे। सरुवा गर्दा पैसा लिएको भनेर आरोप लगाए। त्यसमा मेरो गुनासो छैन। उनीहरु असन्तुष्ट थिए, आफ्नो आक्रोश पोखे। तर मैले पैसा लिएर सरुवा गरेको विषय वा अरु कसैले पैसा लिएर सरुवा गरेको भन्ने उनीहरुको आरोममा कुनै सत्यता छैन। मलाई लाग्छ, उनीहरुले यसरी अनर्गल आक्षेप लगाएपछि नै मन्त्रीज्यू पनि रिसाउनु भएको हो,' आचार्यले बेलिविस्तार लगाए।  

कर्मचारी प्रशासन शाखाका उपसचिव उत्तम भुसाल पनि सरुवाको विषय नितान्त प्रशासनिक भएकाले मन्त्रीको सचिवालय यसमा संलग्न नै नरहेको बताउँछन्। ‘५ जना उपसचिव हाम्रो मन्त्रालयमा सरुवा भएर आएका थिए। उनीहरुलाई हामीले आवश्यकताअनुसार जिम्मेवारी दिएर पठाएका हौं। यसमा कसैले पैसा लिएको खाएको भन्नुमा कुनै तुक छैन। यो आरोप मात्र हो,’भुसालको भनाई छ। 

मन्त्रालयले कांग्रेस निकट केही कर्मचारीले कर्मचारीको सरुवा र पदस्थापनाको विषयमा बुधबार दिउँसो भएको घटनाप्रति खेद प्रकट भएको जनाएको छ। 

'कर्मचारीको सरुवा र पदस्थापनाको विषयमा निजी सचिवको कुनै कानूनी भूमिका नहुने तथ्यलाई नजर अन्दाज गरी कपोलकल्पित रुपमा आरोप लगाउनु र कार्यकक्षमै अमर्यादित व्यवहार गर्नु कुनै पनि राष्ट्रसेवकको लागि शोभनीय विषय होइन,' मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  २०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी
सम्बन्धित सामग्री
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी शनिबार, असोज ३१, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो शनिबार, असोज ३१, २०८३
कांग्रेस सभापति गगन थापाले लिए शपथ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्