काठमाडौं- उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा कुटाकुट भएको छ।
मन्त्री मातृका यादव र कर्मचारीका नेताबीच कुटाकुट भएको हो।
मन्त्री मातृका यादव र सेवाग्राहीका रुपमा आएका कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहबीच कुटाकुट भएको हो।
मन्त्रालयका उपसचिव शोभाकर रेग्मी सरुवा भएर उद्योग विभाग जान माग गरेका थिए। तर उनका ठाउँमा विनोद खड्कालाई पठाइएको थियो।
घुस लिएर खड्कालाई विभागमा पठाएको भन्दै युनियनका उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूह मन्त्रीको सचिवालय पुगेको थियो।
यसपछि दुबै पक्षबीच भनाभन सुरु भयो। मन्त्री पनि भनाभन भएको स्थानमा नै पुगे।
केही छिनमै दुबैपक्षबीच कुटाकुट भएको हो।
मन्त्रीको सचिवालयका निजी सचिव प्रेम आचार्यको कार्यकक्षमा नै कुटाकुट भएको हो।
कर्मचारी नेताको समूहले स्वकीय सचिव आचार्यले घुस लिएर खड्कालाई विभागमा पठाएको आरोप लगाएको छ।
मन्त्रीको सचिवालयले भने कुटाकुट नभएको तर उनीहरु छलफलका लागि आएका र मन्त्री यादवले सम्झाएर पठाएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।