काठमाडौं– पहिलो चरणमा निर्वाचन भएका ३७ निर्वाचन क्षेत्रमध्ये २१ को प्रारम्भिक गतगणना सार्वजनिक हुँदा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रले १० निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।
त्यस्तै एमालेले ९ र नेपाली कांग्रेसले २ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । एक स्थानमा राप्रपा प्रजातान्त्रिकले अग्रता लिएको छ। माओवादी केन्द्रले सिन्धुपाल्चोक– १, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, कालिकोट, गोरखा– १, भोजपुर, गोरखा– २, रोल्पा र सोलुखुम्बुमा अग्रता लिएको छ ।
त्यस्तै एमालेले ताप्लेजुङ, मुस्ताङ, बैतडी, मनाङ, बझाङ, मुगु, दार्चुला र म्याग्दीमा अग्रता लिएको छ । नेपाली कांग्रेसले रसुवा र लमजुङमा अग्रता लिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।