भोजपुर- भोजपुरमा प्रदेश र प्रतिनिधिसभाको जारी मतगणनामा वाम गठबन्धनले अग्रता लिइरहेको छ।
प्रतिनिधिसभामा माओवादी केन्द्रका उम्मेदवार सुधन किराँतीले ७ सय ७३ मत ल्याएका छन् भने कांग्रेसका उमेशजंग रायामाझीको ७ सय २९ मत छ।
यस्तै, प्रदेश सभातर्फ भोजपुर (क) मा एमालेका राजेन्द्रकुमार राईले ३ सय ७२ मत ल्याउँदा संघीय समाजवादी फोरमका अजम्बर राई काङ्माङको ३ सय ४९ मत छ।
भोजपुर (ख) मा शेरधन राईको ४ सय ६७ छ भने कांग्रेसका गोविन्दबहादुर कार्कीले २ सय ७० मतसहित राईलाई पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।