कालिकोट– कालीकोटको प्रदेशसभा निर्वाचनमा कांग्रेसले अग्रता लिएको छ। प्रतिनिधिसभा र प्रदेशसभा (क)मा वाम गठबन्धनले अग्रता लिए पनि प्रदेशसभा (ख)मा कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ।
कांग्रेसका कालीबहादुर सहकारीले २ सय ५० मत ल्याएका छन्। माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले ७२ मत मात्र ल्याएका छन्। शाही प्रदेश ६ का मुख्य मन्त्रीका दाबेदार हुन्।
प्रदेश (क)मा भने एमालेका कुर्मराज शाहीले ३ सय ७९ मत सहित अग्रता लिएका छन्। कांग्रेसका टेकराज शाहीले २ सय १८ मत सहित उनलाई पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।