काठमाडौं– पहिलो चरणमा भएको निर्वाचनमा एमालेले प्रारम्भिक अग्रता लिएको छ । हालसम्मको प्रारम्भिक मतपरिणामअनुसार एमालेले सात निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।
ताप्लेजुङ, मुस्ताङ, बैतडी, मनाङ, भोजपुर, मुगु र म्याग्दीमा एमालेले उम्मेदवारहरुले अग्रता लिएका छन् । पहिलो चरणमा ३७ प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन भएको थियो । पहिलो चरणमा निर्वाचन भएका ३२ वटा जिल्लामै मतगणना सुरु भइसकेको छ । त्यस्तै माओवादीले केन्द्रले ६ र नेपाली कांग्रेसले ५ क्षेत्रमा अग्रता लिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।