एजेन्सी– युरोपियन फुटबल महासंघ (युइएफए) का अनुसन्धानकर्ताले इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीलाई एक सिजन युरोपियन च्याम्पियन्स लिगमा प्रतिबन्ध हुन सक्ने बताएका छन्।
मुख्य अनुसन्धानकर्ता युभेस लेटेर्मेले अन्तिम निर्णय अझै गरिसकेका छैन्। बेल्जियमका पूर्व प्रधानमन्त्री समेत रहेका लेटेर्मे युइएफएको स्वतन्त्र निकाय आर्थिक नियन्त्रण बोर्डका अध्यक्ष हुन्। उनले यो साता सिटीको विषयमा निर्णय लिने बताएका छन्। उनले निर्णय गरेको अवस्थामा सिटीलाई २०२० को सिजनमा प्रतिबन्ध हुन सक्नेछ।
सिटीले आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ। जर्मन पत्रिका डेर स्पेगेलले गत वर्ष आर्थिक अनियमितता भएको विषयमा रिपोर्ट प्रकासित गरेको थियो। रिपोर्टअनुसार सिटी प्रायोजक सम्जौता गर्दा अर्बौ पाउन्ड अनियमिता गरेको पाइएको छ। यसअघि सिटीलाई सन् २०१४ मा पनि ४९ मिलियन पाउन्ड जरीवाना गरिएको थियो। यद्यपी सिटीले भने आरोप खण्डन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।