रसुवा- मतगणना भइरहँदा रसुवामा विद्युत आपूर्ति ठप्प भएको छ। त्रिसुली ग्राङबीचको ६६ केभी प्रशारण लाइनमा प्राविधिक समस्या आएपछि विद्युत आपूर्ति ठप्प भएको हो। नेपाल विद्युत प्राधिकरण धुन्चे केन्द्रका अनुसार जिल्लाको राम्चेस्थित ५१ नम्बरको टावरमा समस्या आएको छ।
समस्या आएको ठाउँमा मर्मत कार्य भइरहेकाले राति १० बजेसम्ममा बिजुली नियमित हुने सम्भावना रहेको बताइएको छ। मत गणनास्थलमा जेनेरेटरको व्यवस्था गरिएकाले मतगणना नरोकिएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए।
साँझ साढे ५ बजेबाट जिल्लाको थुमन र खाल्डे मतदान केन्द्रको मतगणना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।