रौतहट– बिहीबार सम्पन्न भएको निर्वाचनमा रौतहटमा ६८ प्रतिशत मत खसेको छ।
जिल्लामा तीन लाख २९ हजार ८ सय ६१ मतदाता रहेकोमा ६८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
मतदान सकिएलगत्तै ४ वटै निर्वाचन क्षेत्रको मतपेटिका सदरमुकाम गौरमा ल्याउने काम भइरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजन श्रीवास्तवले बताए। मतगणना गौरस्थित जुद्ध उच्च माविमा गर्ने तयारी गरिएको छ।
रौतहटमा चार वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि विभिन्न दल र स्वतन्त्र गरी ९१ जनाले उम्मेदवारी दिएका छन् भने ८ वटा प्रदेशसभाका लागि १ सय ४४ जना चुनावी प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।