काभ्रे– काभ्रेमा करिब ६५ प्रतिशत मत खसेको छ। मतगणना शुक्रबारबाट सुरु हुने भएको छ।
जिल्लाको डाँडापारि क्षेत्रको मटपेटिका शुक्रबार हेलिकोप्टर मार्फत जिल्ला सदरमुकाम धुलिखेल ल्याइने भएकाले शुक्रबार मात्र मतगणना हुने काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापाले बताए।
डाँडापारि क्षेत्रका १२ वटा मतदानस्थलका मतपेटिका शुक्रबार ओसार्न लागिएको छ। बिहीबार ढिला भएकाले हेलिकोप्टर जान नसकेको र शुक्रबार बिहान मतपेटिका ल्याउन लागिएको हो। अन्य मतदानस्थलको मतपेटिका सदरमुकाममा जम्मा गरिसकिएको थापाले जनाए। धुलिखेलस्थित शिक्षा तालिम केन्द्रमा मतगणना हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।