सुर्खेत- सुर्खेतमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतदान सम्पन्न भएपछि मतपेटिका सदरमुकाम वीरेन्द्रनगर ल्याउन थालिएको छ। मतगणना भने शुक्रबार बिहानदेखि मात्रै सुरु हुने मुख्य निर्वाचन अधिकृत किरण सिवाकोटीले जानकारी दिए।
जिल्लाको कतिपय ग्रामीण क्षेत्रका मतदान केन्द्रका मतपेटिका शुक्रबार बिहान मात्र आइपुग्ने भएकाले दिउँसोदेखि मतगणना हुने उनले बनाए।
प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि ४ सिट रहेको सुर्खेतका २ सय ६३ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।