होडैडा (यमन)- यमनको हुथी विद्रोहीले रेड सीको तटीय क्षेत्रमा रहेका बन्दरगाहको सुरक्षा ‘तटरक्षक’लाई सुम्पिएको संयुक्त राष्ट्र संघले मङ्गलबार जनाएको छ। यद्यपि उक्त क्षेत्रमा रहेका सैन्य उपकरण हटाउने धेरै कामहरू भने बाँकी रहेको बताइएको छ।
संयुक्त राष्ट्र सङ्घ पुननिर्योजन समितिका प्रमुख जेनरल मिसेल लोलेसगार्डले विद्रोहीले रेड सीमा रहेका बन्दरगाहको सुरक्षा ‘तटरक्षक’लाई सुम्पिने विद्रोहीको कदमको स्वागत गरेका, राष्ट सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
शान्तिका लागि विद्रोहीले देखाएको समन्वय प्रशंसनीय छ। तर, अझै पनि उक्त क्षेत्रमा रहेका सैन्य उपकरण हटाइ नसकिएको र यसका लागि थप केही समय लाग्ने राष्ट्र सङ्घले जनाएको छ। यमनमा जारी युद्धको अन्त्यका लागि यमनी प्रयासमा यो एक सफलता भएको लालेसगार्डले बताए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।