डडेल्धुरा- प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको छ।
जिल्लामा ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत डा रमेशप्रसाद रिजालले जानकारी दिए। ८१ हजार ७ सय ३२ मतदाता रहेको डडेल्धुरामा एकमात्र निर्वाचन क्षेत्र छ। यो निर्वाचनमा स्थानीय तहको निर्वाचनभन्दा ३ प्रतिशत कम मत खसेको जनाइएको छ।
गत स्थानीय तहको निर्वाचनमा कुल ७५ हजार ७ सय ८० जना मतदाता हुँदा ६८ प्रतिशत मत खसेको थियो।
डडेल्धुरामा प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवा र वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्ट प्रतिष्पर्धामा छन्। प्रधानमन्त्री देउवाले गन्यापधुरा गाउँपालिका १ को असिग्राम मावि मतदान केन्द्रमा र उनका प्रतिष्पर्धी भट्टले अजयमेरु गाउँपालिका–४ चिपुर उपस्वास्थ्य चौकी मतदान स्थलमा मतदान गरेका थिए।
यस्तै, प्रदेशसभा क मा वाम गठबन्धनका तर्फबाट एमाले नेता पठानसिंह बोहरा र लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेस नेता रधुवर भट्ट तथा प्रदेशसभा ख मा वाम गठबन्धनको तर्फबाट एमाले नेता डा ताराप्रसाद जोशी र लोकतान्त्रिक मोर्चाबाट कांग्रेस नेता कर्णबहादुर मल्लबीच प्रतिस्पर्धा हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।