काठमाडौं– पहिलो चरणमा मंसिर १० मा निर्वाचन भएको सिन्धुपाल्चोकमा मतगणना सुरु भएको छ। सबै दलका प्रतिनिधिसँग छलफलपछि मतगणना सुरु भएको हो। मतगणनाका लागि दुवै क्षेत्रका उम्मेदवार सदरमुकाम चौतारा पुगेका छन्।
२ क्षेत्र रहेको सिन्धुपाल्चोकमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फवाट सञ्चारमन्त्री मोहन बस्नेत र माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री अग्नि सापकोटा प्रतिस्पर्धामा छन्। क्षेत्र नम्वर २ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा र एमालेका शेरबहादुर तमाङ प्रतिस्पर्धामा छन्।
क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा एमालेका अरुण नेपाल र नेपाली कांग्रेसका विष्णु खत्री छन् भने (ख) मा एमालेका सरेश नेपाल र नेपाली कांग्रेसका राजेन्द्र श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन्।
त्यस्तै, क्षेत्र नम्वर २ को (क)मा माओवादीका युवराज दुलाल र नेपाली कांग्रेसका विकाल लामा र (ख) मा नेपाली कांग्रेसका निमा लामा र माओवादीका दावा तामाङ चुनावी प्रतिस्पर्धामा छन्।
गोरखामा पनि सुरु भयो मतगणना
गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका चीनकाजी श्रेष्ठ र माओवादी केन्द्रका हरिराज अधिकारीबीच प्रतिस्पर्धा छ। क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठ र नयाँ शक्तिका डा बाबुराम भट्टराई प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।