काठमाडौं– वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी–२० क्रिकेट खेल्नका लागि पाँच टिमले ड्राफ्टमार्फत खेलाडी भित्र्याएका छन्। मंगलबार भएको ड्राफ्टमार्फत प्रत्येक टिमले ११-११ खेलाडी आफ्नो टिममा भित्र्याएका हुन्।
यसअघि १-१ जना खेलाडी मार्कीको रुपमा टिमले भित्र्याइसकेका छन्। अब २ जना खेलाडी वाइल्ड कार्ड इन्ट्रीमार्फत भित्र्याइनेछ। त्यसपछि प्रत्येक टिममा १४-१४ खेलाडी हुनेछन्।
आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीका अनुसार डब्लुसिएलका लागि १ सय ७ खेलाडी दर्ता भएका थिए।
खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिएको थियो। डायमण्ड श्रेणीमा अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीलाई राखिएको थियो। जहाँ १० खेलाडी थिए भने मूल्य ७५ हजार रुपैयाँ थियो। यस्तै रुबिजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका थिए। जहाँ १८ खेलाडीले नाम तर्दा गराएका थिए भने पारिश्रमिक ५० हजार रुपैयाँ तोकिएको थियो। सफायर श्रेणीमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी समावेश थिए। जहाँ ५१ खेलाडीको नाम थियो। उनीहरुको मुल्य २५ हजार रुपैयाँ थियो।
प्रतियोगिता आगामी असोज ३ देखि ११ सम्म हुँदैछ। यसअघि प्रतियोगिताका लागि पाँच शहरका पाँच टिम, मार्की खेलाडी र टिम मालिक सार्वजनिक गरिएको थियो।
]पाँच टिम र मार्की खेलाडी
१. चितवन राइनोज – मिंग्मा डण्डु शेर्पा (स्वामित्व), इन्दु बर्मा (मार्की खेलाडी)
२. क्यापिटल्स रोयल्स काठमाडौं – दीपा अग्रवाल (स्वामित्व), रुबिना क्षेत्री (मार्की खेलाडी)
३. पोखरा पल्टन – बिनायक पोखरेल (स्वामित्व), सीता रानामगर (मार्की खेलाडी)
४. ललितपुर फाल्कोन्स – श्रीजना जोशी (स्वामित्व), नेरी थापा (मार्की खेलाडी)
५. विराटनगर टाइटन्स – पारस लुनिया (स्वामित्व), सरिता मगर (मार्की खेलाडी)
ड्राफ्टबाट छनोट भएका खेलाडी
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।